१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

इलाममा धान उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४२:oo

इलाममा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए।

उनका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिकटन धान उत्पादन भएको छ। गत वर्ष भने ४९ हजार ७९ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ।

यद्यपि, गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ। गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो।

गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.३१ मेट्रिकटन थियो। यस वर्ष बढेर प्रतिहेक्टर ३.३२ मेट्रिक टन पुगेको छ। परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बिउबिजन र सिँचाइको  उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए।

‘हामीले किसानलाई विभिन्न मेसिनरी सामग्री तथा यन्त्र–उपकरण अनुदानमा दिएका छौँ। यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘उहाँहरूले पनि उन्नत बिउबिजनको प्रयोग गर्नुभयो। मल र सिँचाइको समेत व्यवस्थापन गर्नुभयो। यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो।’

इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ। जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिए।

यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ। गत वर्ष प्रतिहेक्टर १.२० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर १.२१ मेट्रिकटन कोदो उत्पादन भएको छ।

यस वर्ष एक हजार पाँच सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १५ मेट्रिकटन उत्पादन भएको छ। गत वर्ष एक हजार पाँच सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १६ मेट्रिकटन मात्र कोदो उत्पादन भएको थियो।
 

ad
ad