१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मेलम्ची खानेपानी आयोजना मर्मतमा भइरहेको ढिलासुस्तीविरुद्ध नेपाल विद्यार्थी संघले बुधबार काठमाडौंमा गरेको प्रदर्शन । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

२८ दिनभित्र मेलम्चीको पानी उपत्यका ल्याउने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o५:oo

पाँच महिनाअघि बन्द भएको मेलम्ची खानेपानी आयोजनाको पानी माघअघि उपत्यकामा नआउने भएको छ । यसबीचमा कुनै अवरोध र समस्या नभए माघभित्रै मेलम्चीको खानेपानी ल्याउने गरी काम गर्ने गरी मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी कम्पनी सिनो हाइड्रोबीच सहमति भएको हो । 

समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तद्वारा जारी विज्ञप्तिअनुसार आकस्मिक परिस्थितिबाहेक बढीमा २८ दिनमा उपत्यकामा मेलम्चीको पानी आइपुग्नेछ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतमा बसेको समितिको बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई ‘साइट’मा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय पनि भएको छ । 

सहमतिअनुसार निर्माण व्यवसायी सिनो हाइड्रो तत्कालै साइटमा कामदार परिचालन गर्नेछ । २८ दिनभित्र मेलम्चीको पानी उपत्यका ल्याउन दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक काम हुने जारी विज्ञप्तिमा उल्लेख छ । गत २७ र २८ साउनमा आएको बाढीले आयोजनाको ‘हेडवक्र्स’ बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भइरहेको थियो । 

बर्खायाम सुरु भएसँगै सरकारले (असार पहिलो सातादेखि) मेलम्चीको पानी बन्द गरेको थियो । पानी बन्द गरेका कारण बाढीले कम क्षति गरेको थियो । गत वर्ष २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको १७ करोड लिटर पानी झरिसक्दा यो वर्ष हालसम्म कुनै सुरसार नहुँदा उपत्यकामा पानीको अभाव देखिएको छ भने उपत्यकावासीले मेलम्चीको पानी छिट्टै आपूर्ति गर्नुपर्ने माग राख्दै आन्दोलनसमेत गर्दै आएका छन् । 

ad
ad