१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २३ आइतबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवैध रूपमा भित्रिएको पाँच लाखबराबरको कुखुराको चल्ला नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:१८:oo

सशस्त्र प्रहरी बलले मंगलबार बिहान बरामद गरेको अवैध कुखुराको ७६ कार्टुन चल्ला नष्ट गरिएको छ।

वीरगन्ज महानगरपालिका– ३२ टेढा रामवन सडकखण्डबाट बरामद अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बलले नष्ट गरेको हो।

कुखुरा फार्ममा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका डिएसपी संगम श्रेष्ठले जानकारी दिए।

बरामद भएको सात हजार ६ सयवटा अवैध चल्ला पाँच लाख मूल्यबराबरको रहेको श्रेष्ठले बताए। सो चल्ला नेपाल प्रहरी, पशु क्वारेन्टिन र स्थानीयवासीको रोहवरमा खाल्टो खनी नष्ट गरिएको हो।

ad
ad