मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २६ शुक्रबार १३:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार १३:१o:oo

आइसिसी यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरिएको हो। नेपालले एसिया छनोटको च्याम्पियन बन्दै माघ ५ देखि २० सम्म मलेसियामा हुने विश्वकपमा स्थान बनाएको थियो। प्रतियोगिताका लागि नेपाली टोली शनिबारमा मलेसियातर्फ जाने तालिका छ। 

१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ।

नेपालले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। क्यानका अनुसार नेपालले पुस २९ गते वेस्ट इन्डिज र माघ २ गते अमेरिकासँग अभ्यास खेल खेल्नेछ।