१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टाइम्सलाई नखिपोट बास्केटबल उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३७:oo

टाइम्स र रोयलले दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । टाइम्स पुरुष तथा रोयल महिला यू– २३ तर्फ च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्ड हलमा भएको पुरुष फाइनलमा टाइम्सले बुढानीलकण्ठलाई ८४–७१ ले पराजित गर्‍यो ।

टाइम्सको जितमा मनीष केसीले २८ स्कोरको योगदान गरे । महिलाको उपाधि भिडन्तमा रोशनी श्रेष्ठको १९ स्कोरको सहयोगमा रोयलले बुढानीलकण्ठलाई ४८–३९ ले हरायो । टाइम्सले बुढानीलकण्ठविरुद्ध पहिलो क्वार्टरमा १८–१४ को अग्रता लिएको थियो । टाइम्सले दोस्रोमा १९–२० ले पछि पर्‍यो । टाइम्सले तेस्रो क्वार्टरमा गरेको ३०–१६ को प्रदर्शन जितका लागि महत्वपूर्ण साबित भयो । अन्तिम तथा चौथो क्वार्टरमा बुढानीलकण्ठले २१–१७ को अग्रता बनाए पनि जित हात पार्न सकेन ।

प्रतियोगिताको विजेताले एक लाख पाँच हजार तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ टाइम्सका सदिश प्रधानले २५ हजार रुपैयाँ पाए । महिलातर्फ पहिलो भएको रोयलले ५० हजार तथा उपविजेता बुढानीलकण्ठले २५ हजार नगद पुरस्कार पाए । ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएकी रोशनी श्रेष्ठले १० हजार नगद पुरस्कार पाइन् ।

ad
ad