१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पवित्र आश्रमका विद्यार्थी भन्छन् ‘आत्मनिर्भर बन्ने बाटो भेटिएन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४७:oo

टोखाको मुख्य गेटबाट करिब ५ किलोमिटरको दूरीमा रहेको पवित्र समाजसेवा आश्रम छिर्दा गाउँघरको झल्को दिने परिदृश्य देखिन्छ। एउटै आगनमा कोक्रोमा बच्चा खेलिरहेको र वृद्धवृद्धाहरूले घाम तापिरहेको दृश्यले गाँउघरमा आजकल विरलै भेटिने संयुक्त परिवारको झल्को दिन्छ। तर, यो टोखामा रहेको पवित्र समाजसेवा नामक संस्था हो, जसले असहाय र घरबारविहीनहरूलाई आश्रय दिँदै आएको छ। जसले हाल बालबालिका र वृद्धवृद्धा गरी ६५ जनालाई आश्रय दिइरहेको छ। 

२ वटा टहरामा सञ्चालनमा रहेको यो सेवा आश्रम असहायका लागि आश्रयस्थल मात्रै नभई बालबालिकाका लागि शिक्षा पाउनेसम्मको वातावरण बनाइरहेको स्थल हो। जहाँबाट ३५ जना बालबालिकाले विद्यालयसम्म जाने अवसर पाइरहेका छन्। त्यसैमध्येकी एक हुन १८ वर्षीय आशा राई। 

दुई वर्षको हुँदा पवित्र समाजसेवामा पुगेकी उनी अहिले कक्षा १२ मा अध्ययनरत छन्। पवित्र समाजसेवाले अध्ययनका लागि खर्च र बस्नका लागि व्यवस्था गरिदिँदै आएको छ। तर पनि आशालाई आफ्नो परिवार भइदिए हुन्थ्यो भन्ने महसुस हुन्छ। सुनाउँछिन्, ‘खान, बस्न र पढ्न त समस्या हुँदैन, तर, चाडबाडमा साथीभाइले परीवारको स्टोरी सुनाउँदा आफ्नो पनि घर भइदिए हुन्थ्यो भन्ने लाग्छ। परिवार नहुँदा धेरै कुराको कमी हुँदोरहेछ।’ 

उनलाई आफू जन्मेको ठाउँ पूर्वतिर हो भन्ने मात्र थाहा छ। तर, अहिले उनको आफ्नो घर ठेगाना यही आश्रम बनेको छ। आशाजस्तै सँगै बसेर पढ्ने अरू थुप्रै साथी छन्। उनीहरू सानै उमेरमा आश्रममा आइपुगेका हुन्। हुर्काइ, बढाइ र पढाइ अहिलेसम्म सबै यहीँबाट चल्दै आएको छ, तर विद्यालय तहको पढाइ सकिएपछि चाहिँ उनीहरूको भविष्य अन्योलमा छ। 

उच्च शिक्षालाई निरन्तरता कसरी दिने भन्नेबारे उनीहरू अहिलेदेखि नै चिन्तित छन्। अहिलेसम्मको पढाइखर्च आश्रमले व्यहोर्दै आए पनि आगामी दिनमा आत्मनिर्भर बन्नका लागि कसरी अगाडि बढ्ने बारेको अन्योलता उनीहरूको चिन्ताको विषय बनेको हो।  

आफूजस्तै पढाउनुपर्ने र हुर्काउनुपर्ने ३५ बालबालिका छन्। कोही स्कुल पढ्दै छन् त कोही कोक्रोमा हुर्कँदै छन्। बालबालिका मात्र होइन अपांगता भएका, उमेर पुगेका वृद्धवृद्धाको समेत पालनपोषणको जिम्मेवारी भएकाले आश्रमले उच्च शिक्षासम्मको व्यवस्था गर्ने सक्ने अवस्था देखिँदैन। योसँगै आश्रममा अन्य असहाय व्यक्तिहरू थपिने क्रमसमेत जारी रहेकाले उनीहरूले आफैँ कमाउनुपर्ने बाध्यता बढ्न थालेको हो। 

आशासँगै अपेक्षा रावत, अंकिता नेपाल र अन्जली देवकोटा पनि अहिले १२ सकेर खालि बसेका छन्। अपेक्षा र अन्जली नर्सिङ पढ्ने रहर बोकेर बसेको भए तापनि आर्थिक अभावका कारण कलेज भर्ना गर्न सकेका छैनन्। उनीहरूसँग पनि सहयोगको अपेक्षाबाहेक विकल्प छैन। 

उनीहरू भन्छन्, ‘यदि नेपाल सरकारले हाम्रो पढाइ मात्र गर्दिए पनि बाँकी जिन्दगी सजिलै अगाडि बढाउन सकिन्थ्यो काम गर्न सजिलो हुन्थ्यो। हामी घरबारविहीन हुनु यो अवस्था मा आइपुग्नु हाम्रो दोष होइन नि ? सरकारले अभिभावकत्व लिनुपर्ने अवस्थामा हामीले पढ्नसमेत पाएका छैनौँ। ’

केही बालबालिकालाई विभिन्न निजी कलेजहरूले पढाइरहे पनि सरकारीमा पूर्ण छात्रवृत्ति नहुँदा उनीहरू पढाइबाट वञ्चित भइरहेका हुन्। उनीहरूको अभाव यतिमै सीमित छैन, आश्रममा समेत बस्ने ठाउँ सीमित हुँदा उनीहरूलाई बस्ने व्यवस्था आफैँले गर्नुपर्ने समय आएको छ। उनीहरूले आश्रमका काममा दैनिक सहयोग गर्दै आए पनि शिक्षासँगै जागिर गर्न पाए आफूसँगै आश्रममा रहेका बालबालिकाहरूलाई समेत सहयोग गर्न सकिन्थ्यो भन्ने आशाहरू चाहन्छन्। 

पवित्र समाजसेवाका सञ्चालिका दीक्षा चापागाईं तत्काल पाँचजनालाइ कलेज पढाउनको लागि सहयोग खोजिरहेकी छिन्। हुर्केका र पढेकाले राम्रो शिक्षाको अवसर पाएमा आगामी दिनमा उनीहरूले नै आश्रमलाई सहयोग पुर्‍याउने उनको अपेक्षा छ। भन्छिन्, ‘दैनिक गुजारा चलाउन समस्या अहिले समस्या छैन, तर बालबालिका पढाउन लाग्ने खर्च भने जुटाउन गाह्रो छ। पढाइ साह्रै महँगो पो रैछ।’ 

ad
ad