मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २७ बुधबार
  • Wednesday, 12 March, 2025
२o८o मङ्सिर २७ बुधबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुसी सेनामा भर्ती भएका युवालाई सकुशल फिर्ता ल्याउन प्रयासरत छु : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २७ बुधबार १४:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई सकुशल फिर्ता ल्याउन प्रयास गरिरहेको बताएका छन्।

बुधबार काठमाडाैं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘विभिन्न समस्याले अहिले रुसी सेनामा दुई सयभन्दा बढी नेपाली युवा भर्ती भएको खबर आएको छ । त्यो चिन्ताजनक छ,’ उनले भने, ‘नेपाल सरकार तिनलाई सकुशल फिर्ता ल्याउन प्रयास गरिरहेको छ।’

नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीको अवसर बढ्दै गएको दाबी गर्दै प्रधानमन्त्री दाहालले अवसरको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवन र समग्र देशकै हितका लागि पनि ठूलो योगदान हुने उल्लेख गरे।

‘नेपालमा अवसर छैन भन्ने भाष्य सिर्जना भएको छ। त्यसको परिणामस्वरूप नेपाली विद्यार्थी विदेशमा अनेक हन्डर खाइरहेका छन्,’ दाहालले भने, ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा र रोजगारीको अवसर बढ्दै छ।’