Skip This
कारागारबाट छुटेकै दिन वृद्धाको हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १८ सोमबार १७:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कारागारबाट छुटेकै दिन वृद्धाको हत्या

दुई घटनाका चार प्रतिवादी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १७:२१:oo

हत्यामा संलग्न रहेका चारजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फरक–फरक दुई घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सार्वजनिक गरेको हो। 

त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन्। 

त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको अभियोगमा मंसिर १५ गते ४० वर्षीय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। 

‘मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरू छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राति आफ्नै घरमा उनको शव भेटिएको थियो,’ एसपी मिश्रले भने ‘सूक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिची हत्या गरिएको खुलेको हो। हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनील नेपाली पनि पक्राउ परेका छन्। आर्थिक प्रलोभन देखाई बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुईजनालाई पक्राउ गरिएको हो।’

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीबेँसी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ। धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेका थिए। हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राति नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताए। 

‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक र रग्ताम्मे अवस्थामा भेटिएको थियो। शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिन्छ,’ एसपी मिश्रले भने। प्रतिवादी रामचन्द्र बयलकोटी र मृतक पवित्राबीच करिब ६ वर्षअघि विवाह भएको थियो। 
विवाहपश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका बयलकोटी दम्पतीबीच त्यति वेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ। त्यही कारण हुन सक्ने एसपी मिश्रले बताए।