Skip This
तनहुँको  घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Friday, 26 July, 2024
रासस दमौली
२o८o मङ्सिर १३ बुधबार o७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँको  घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o७:४४:oo

 पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग.१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरूको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।