१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Thursday, 10 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १३ बुधबार o६:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–दुबई व्यावसायिक सम्मेलन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o६:५o:oo

नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिरमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथिका रूपमा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ । सम्मेलन युएईस्थित नेपाली राजदूतावासको सहयोगमा हुन लागेको महासंघले जनाएको छ । 

सम्मेलनमा दुवै देशका करिब सयजना उद्यमी–व्यवसायीको उपस्थिति रहने बताइएको छ । उक्त सम्मेलनमा दुुवै देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरूमा निर्यात प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । उनले भने, ‘सम्मेलनबाट ऊर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास छ ।’ 

यसअघि महासंघले प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरेको थियो । दुबईमा आयोजना हुने व्यावसायिक सम्मेलनपछि अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अबुधाबीमा आयोजना हुने जलवायुसम्बन्धी विश्वसम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम रहेको छ ।