Skip This
वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १० आइतबार १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १५:३६:oo

सुरक्षित आप्रवासन परियोजना (सामी)को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ। 

आर्थिक वर्ष ०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो। रु. ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन्।

त्यसैगरी, करार उल्लंघन गरेका वा सम्झौताअनुरूप काम गर्न नपाएका २४ घटनामध्ये २३ वटाको सफल कार्य भएको छ। एका–दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताइन्।

सम्झौताअनुरूप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाएर रु. पाँच लाख क्षतिपूर्तिबापतका रूपमा उपलब्ध गराइएको छ।

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौजनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ। मृतकका परिवारलाई रु. दुई करोड ९१ लाख ८४ हजार दुई सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले रु. ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन्।’

दुर्घटनामा परी घाइते तथा अपांगता भएको अवस्थामा अवस्था हेरी रु. एक लाखदेखि रु. सात लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताइन्।