
भरतपुर महानगरपालिका– १२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन।
यही मंसिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको कल्भर्टमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामा समेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो।
सनाखत हुन नसकेका शव कल्भर्टमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो। शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस