१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
बुटवल लुम्बिनी एफसीलाई हराएपछि ललितपुर सिटीका खेलाडी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : ललितपुरको जितमा स्वदेशी खेलाडी नायक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o५:oo

विदेशी खेलाडीले आकर्षक खेल प्रस्तुत गरेको प्रतिस्पर्धामा बुटवलविरुद्ध ललितपुरका स्वदेशी खेलाडी दिनेश हेम्जन र अनन्त तामाङले गोल गरे

नेपाल सुपर लिग (एनएसएल) मा शनिबार ललितपुर सिटी एफसीले बलियो टोली बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको छ । ललितपुरको जितमा दिनेश हेन्जन र अनन्त तामाङले एक–एक गोल गरेका हुन् । ललितपुरका विदेशी प्रशिक्षक इयान गिलानले खेलाडीलाई सुरुदेखि नै आक्रामक खेलाएका थिए । ललितपुरले राम्रा विदेशी खेलाडीको बलमा पहिलो हाफमै २–० को अग्रता लियो । यद्यपि, ललितपुरलाई जित दिलाउने क्रममा नेपाली खेलाडी नै नायक बनेका थिए । ललितपुरको दुवै गोलमा विदेशी खेलाडीको भूमिका मुख्य देखिएको थियो । प्रतियोगितामा ललितपुरले आबद्ध गरेका विदेशी खेलाडी स्तरीय देखिएका छन् । 

एक महिनाको तयारीका साथ दशरथ रंगशालामा ओर्लेका ललितपुरले दुवै हाफमा बुटवललाई दबाबमा राखेको थियो । पहिलो हाफमा खेलाडीबीच आपसी तालमेल नमिल्दा र स्वार्थी खेल देखाउँदा ललितपुरले थप अग्रता गोल गर्न चुकाएका थिए । लतिलपुरका सहायक प्रशिक्षक रवीन्द्र शिलाकारले आधुनिक फुटबलको शैलीमा प्रतिस्पर्धा गरेको जनाए । ‘हामीसँग विदेशी प्रशिक्षक छन्, उनले आधुनिक फुटबलको शैलीमा खेलाडीलाई प्रतिस्पर्धा गराए,’ शिलाकारले भने, ‘यसैकारण गोल सम्भव भयो ।’

अर्कोतिर पहिलो हाफमै निराश बनेको र बल पोसेसन बनाउन चुकेको बुटबलनले खासै राम्रो मुभ बनाउन सकेन । खेलाडीलाई डिबक्सभित्र मार्किङ गर्न नसक्दा गोल व्यहोरेको प्रशिक्षक विजय महर्जनले विश्लेषण गरेका छन् । ‘हाम्रा खेलाडीले मार्किङ राम्रोसँग गरेनन्, यस कारण बुटबलले अनावश्यक दुई गोल व्यहोरेको हो,’ गोल हुनुका कारण जनाउँदै उनले बताए, ‘दोस्रो हाफमा फर्कने मौका थियो, तर खेलाडीबीच तालमेल मिलेन ।’

पहिलो हाफमै दुई गोल
प्रावधिक तथा मिडफिल्ड बलियो बनाएको ललितपुरले खेलको २६औँ मिनेटमै अग्रता लियो । ललितपुरको अग्रता गोलमा बुटबलका डिफेन्डरले गल्ती गरेका थिए । अनन्त तामाङले पोस्टभन्दा ३० यार्ड टाढाबाट बल प्रहार गरेका थिए । सो बललाई बुटवलका डिपकेन्डर अर्नेस्टले क्लियर गर्न खोजे । उनले क्लियर गरेको बल डिबक्सभित्र रहेका दिनेशको खुट्टासम्म सहजै पुग्यो । दिनेशले कुनै पनि गल्ती नगरी ललितपुरलाई १–० को अग्रता दिलाए । खेलको ३२औँ मिनेटमा ललितपुरले २–० को अग्रता लियो । यसपटक ललितपुरलाई मार्की खेलाडी अनन्तले गोल गरे । अनिल महर्जनको कर्नरमा विपक्षी खेलाडीको मार्किङमा नरहेको फाइदा लिँदै अनन्तले सहजै हेडिङ गोल गरे । 

पहिलो हाफमा बुटवलका कप्तान एरिक विष्टले प्रहार गरेको आकर्षक कर्नरकिकलाई ललितपुरका गोलरक्षक जेफ्री बाल्टुसले क्लियर गरे । बुटवलका मणिकुमार लामाले प्रहार गरेको बललाई बाल्टुसले बचाएका थिए । ललितपुरका अनुभवी गोलरक्षक बाल्टुसले पहिलो हाफमा केही आकर्षक बचाउ गरे । 

दोस्रो हाफमा बुटवलले सुधारिएको प्रदर्शन गरेको थियो । खेलको ५४औँ मिनेटमा सर्ज सङको लामो दूरीको प्रहार ललितपुर गोलरक्षक बाल्टसले बचाए । खेलको ५५औँ मिनेटमा बिनोङको चिपले पनि बक्सको दिशा लिन सकेन ।

पोखराले चितवनलाई हरायो
शनिबार पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनमाथि १–० को जित निकाल्यो । पोखराको जितमा विदेशी खेलाडी मोसेसले एक मात्र निर्णायक गोल गरेका थिए । टोलीले अवसर भने सिर्जना गरेका थिए । खेलको ७२औँ मिनेटमा मोसेसले पोखरालाई अग्रता दिलाए । स्टेफन अन्नोरको क्रसमा मोसेसले गोल गरेका हुन् । यसअघि खेलको आठौँ मिनेटमा चितवनका टोरिक जेब्रिनको पासमा रफिक अमिनुले सहज गोल गर्न सकेनन् । खेलको नवौँ मिनेटमा पोखराका आयुष घलानको क्रसमा स्टेफन कोजोको हेडिङ पोस्टभन्दा माथि गयो । खेलको ५०औँ मिनेटमा पोखराका आयुषको प्रहारलाई चितवन डिफेन्डर युसुफ मुबारकले छेके । 

खेलको ६०औँ मिनेटमा पोखराका दिनेश राजवंशीले गोल गरे पनि असिस्टेन्ट रेफ्रीले अफसाइड दिएका थिए । खेलको ७८औँ मिनेटमा पोखराले अग्रता बढाउने अवसर खेर फालेको थियो र जो आइडुको लामो दूरीबाट गरेको प्रहार चितवनका गोलरक्षक विशालले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ९०औँ मिनेटमा चितवनलाई बराबरीको अवसर चुकाएको थियो । चितवनका मार्को इभानोभिचले प्रहार गरेको बल बारनजिक हुँदै बाहिरिएको थियो । प्रतियोगिताको आइतबार नवप्रवेशी टोली वीरगन्ज युनाइटेड एफसीले साबिक उपविजेता धनगढी एफसीको सामना गर्नेछ । 

ad
ad