इजिप्ट र घेरामा परेको प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र जोड्ने बिन्दु रफाह सीमाबाट करिब १२ हजार टन मानवीय सहायता गाजापट्टि पठाइएको इजिप्टका राष्ट्रपतिले बिहीबार बताएका छन्।
कायरो अन्तर्राष्ट्रिय रंगशालामा आयोजित प्यालेस्टिनी समर्थनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले भने, ‘एक हजार तीन सय ट्रकहरूद्वारा ढुवानी गरिएको झन्डै १२ हजार टन राहत सहायता रफाह हुँदै गाजामा पठाइएको छ।’
उनले इजिप्टको उत्तरी सिनाईमा रहेको एल–आरिश अन्तर्राष्ट्रिय विमानस्थलले राहत सामग्रीले भरिएको एक सय ५८ उडान प्राप्त गरेको र इजिप्टले गाजालाई पठाइएको कुल सहायताको ७० प्रतिशत अनुदान रहेको बताए।
इजिप्टका राष्ट्रपतिले गाजामा खाद्यान्न, चिकित्सा सहायता र इन्धन पुर्याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन रफाह सीमानाका खुला राख्ने इजिप्टको निर्णयको महत्वलाई जोड दिए।
उनले थने, ‘संयुक्त राज्य अमेरिका र इजिप्टको संयुक्त प्रयास र कतारको मध्यस्थतामा कतार, हमास र इजरायलबीच चार दिनका लागि मानवीय युद्धविराम भएको छ। यसलाई थप लम्ब्याउन सकिन्छ।’