मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दूरसञ्चारको विकासले सहर र गाउँबीचको दूरी घटायो : उपप्रधानमन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १५:o६:oo

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन्। 

‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए। 

उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरे।  

‘दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो एवं आवश्यक जनशक्तिको विकासका लागि लगानी आजको प्राथमिकता हो। यही प्राथमिकतालाई बुझेर नेपाल सरकारले आजका नीति तथा कार्यक्रमहरूमा, योजनाहरूमा दूरसञ्चार तथा अन्य प्राविधिक क्षेत्रको विकासमा विशेष जोड दिँदै आएको छ,’ उपप्रधानमन्त्री खड्काले भने। 

उपप्रधानमन्त्री खड्काले नेपालको कठिन एवं दुर्गम भू–बनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढी महत्त्वपूर्ण देखिने बताए।