Skip This
उपरथी पाण्डेको राजीनामा स्वीकृत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपरथी पाण्डेको राजीनामा स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:५२:oo

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा २४ कात्तिकदेखि लागू हुने गरी सरकारले स्वीकृत गरेको छ । नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको कागजातका कारण उनले राजीनामा दिएका थिए । अब सेनामा रथी बढुवा प्रक्रिया अघि बढाउनुपर्नेमा वरीयतामा अघि रहेका उपरथीहरूको कागजपत्रमा समस्या देखिएपछि प्रक्रिया लम्बिने भएको छ । 

उपरथी पाण्डे वरीयतामा अगाडि थिए भने उनको बढुवा भएको भए आगामी भदौ २४ पछि उनी प्रधानसेनापति बन्ने पक्का थियो । सेनाको २५ बेसिक समूहका उपरथी पाण्डेले जंगी अड्डामा पेस गरेको नागरिकताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक देखिएको थियो । उनको एसएलसीको प्रमाणपत्रमा १२ माघ ०२१ जन्ममिति उल्लेख छ ।

तर, उनले बुझाएको नागरिकताको प्रमाणपत्रमा भने जन्ममिति २३ मंसिर ०२३ उल्लेख छ । उनको कागजातबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्को राज्य व्यवस्था समितिमा उजुरी परेको थियो । 

आजदेखि नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास 
नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण–१७ शुक्रबारदेखि भारतको पिथौरागढमा सुरु हुने भएको छ । टोलीमा सहभागी हुन नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । अभ्यासमा नेपाली र भारतीय सेनाको गणस्तरीय टोली सहभागी हुँदै छ ।

०६७ सालबाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी संयुक्त अभ्यास हुँदै आएको छ । अभ्यास सूर्य किरण नाम दिइएको संयुक्त अभ्यासको यो १७ औँ संस्करण हो । यसअघि ०७९ पुस ०१ गतेदेखि १४ सम्म रुपन्देहीको सालझन्डीमा सूर्य किरण अभ्यासको १६ औँ संस्करण सञ्चालन भएको थियो ।

यसपटक भारतीय सेनाले आयोजना गरेको छ । नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जना सैनिक टोली सहभागी हुँदै छन् । अभ्यास मंसिर २१ सम्म सञ्चालन हुनेछ । 

ad
ad