Skip This
भारतीय सेनासँगको संयुक्त अभ्यास शुक्रबारदेखि, नेपाली टोली भारत प्रस्थान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सेनासँगको संयुक्त अभ्यास शुक्रबारदेखि, नेपाली टोली भारत प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १८:१६:oo

नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण– १७ शुक्रबारदेखि भारतको पिथौरागढमा सुरु हुने भएको छ।

अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। अभ्यासमा नेपाली र भारतीय सेनाको गणस्तरीय टोली सहभागी हुँदै छ।

विसं २०६७ सालबाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी संयुक्त अभ्यास हुँदै आएको छ। ‘अभ्यास सूर्य किरण’ नाम दिइएको संयुक्त अभ्यासको यो १७ औँ संस्करण हो।

यसअघि २०७९ पुस ०१ गतेदेखि १४ सम्म रुपन्देहीको सालझन्डीमा सूर्य किरण अभ्यासको १६औँ संस्करण सञ्चालन भएको थियो। यसपटक भारतीय सेनाले आयोजना गर्न लागेको हो। नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जना सैनिक टोली सहभागी हुँदै छन्। अभ्यास मंसिर २१ सम्म सञ्चालन हुनेछ।

‘संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपत् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगल युद्धकलासम्बन्धी व्यावहारिक अभ्यास गर्नेछन्,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ, ‘प्रतिविद्रोह तथा प्रतिआतंकवाद, फौजको कार्यक्षमता अभिवृद्धि र प्रकोप व्यवस्थापनमा केन्द्रित रही तालिम सञ्चालन हुनेछ।’

यस संस्करणले दुई देशबीचको वर्षौँ पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै दुई देशका सेनाहरूबीच आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाको विश्वास छ।