मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० मङ्सिर ४ सोमबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा सहकारी अभियन्तासहित दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ४ सोमबार २०:१४:००

सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा सोमबार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा दुर्घटना भएको हो। 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा र तित्तोलमा नगरपालिका– २ जानकी नगरकी यादा क्षेत्री छन्। 

मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका अभियन्ता देवकोटाले चलाएको लु. ४९प २२३० नम्बरको मोटरसाइकललाई ना. ६ख ८१६१ नं ट्रकले ठक्कर दिएको हो। 

तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकारसमेत रहेका देवकोटा संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। (रासस)