मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ४ सोमबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा एसका केन्द्रीय सदस्य बम एमालेमै फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ४ सोमबार १७:५३:००

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमै फर्किएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बम सोमबार एमालेमा फर्किएका हुन्। उनलाई ओलीले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए।

अघिल्लोपटक मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बम एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए।