मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Sunday, 19 January, 2025
२o८o मङ्सिर ३ आइतबार १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकको ठक्करबाट महिलाको मृत्यु, कान्ति लोकपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १६:१८:oo

मकवानपुको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका– ६ चौघडाकी ३६ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो।

मकवानपुर प्रहरीका अनुसार बजागाईंलाई कान्ति लोकपथअन्तर्गत हेटौँडा– ६ स्थित शान्तिटोलमा शिवम् सिमेन्टको फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.७ख १८१६ नम्बरको ट्रकले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बजगाईंको मृत्युपछि आक्रोशित स्थानीयले कान्ति लोकपथ अवरुद्ध पारेका छन्। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

सडक खुलाउन घटनास्थलमा करिब सयजना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ। ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जाएको छ।