१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ३ आइतबार १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छठपर्वले समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा दिने प्रधानमन्त्रीकाे विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १२:२२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठपर्वले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। 
 
यस पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै अगाडि बढ्नसमेत मार्गप्रशस्त गर्ने उनको भनाइ छ। 

नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सो कुरा बताए।  

प्रधानमन्त्रीले सन्देशमा भनिएको छ, ‘नेपाली समाजमा प्रचलित सबै चाडपर्वहरूमा आफ्नो ऐतिहासिक पृष्ठभूमि र विकासक्रमको संकेन्द्रण पाइन्छ। मानवजीवन कृषियुगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारको खुसियाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठपर्वको परम्परा सुरुवात भएको मानिन्छ।’

यस पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित रहेको उल्लेख गर्दै उनले जीवनाेपयोगी प्राकृतिक वस्तुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले हामी नेपाली विश्वमै विशाल र वैभवशाली रहेको प्रधानमन्त्रीको भनाइ छ। 

हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यले राम्रोसँग प्रमाणित गर्ने उल्लेख गर्दै उनले नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात् गरेको बताए। 

छठपर्वले चुनौतीलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन्।