Skip This
टिकटक प्रतिबन्धविरुद्ध रिट दायर, ४ मंसिरमा सुनुवाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १ शुक्रबार १५:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकटक प्रतिबन्धविरुद्ध रिट दायर, ४ मंसिरमा सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १५:२९:oo

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. सुनीलरञ्जन सिंह, अधिवक्ता सरिता थापालगायतले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्। 

टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरिपाउँ भनी छुट्टाछुट्टै परेको रिटमा सर्वाेच्चले मंसिर ४ गते सोमबारलाई सुनुवाइ मिति ताेकेकाे छ।

सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो।

साे निर्णयले नागरिकको अभिव्यक्ति तथा सूचनाको हक, मनोरञ्जनको अधिकार र स्वतन्त्रताको हकमाथि अपूरणीय क्षति पुग्ने दाबी गर्दै अधिवक्ताद्वय सिंह र थापाले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।

यस्तो छ अधिवक्ताद्वय सिंह र थापाले दायर गरेको रिट :