१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर १ शुक्रबार १३:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १३:१४:oo

बाँके प्रहरीले खजुरामा गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ।

कोहलपुरमा केही दिनअघि मीनबहादुर विकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोप लागेका आकाशजंग रानालाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो।

प्रहरीको खोजीको सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि नियन्त्रणमा लिन गोली प्रहार गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

तीन राउन्ड गोली प्रहार गरेकोमा एउटा गोली उनको घुँडामुनि लागेको डाँगीले बताए।