१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी मुम्बई
२o८१ बैशाख २० बिहीबार o६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

म्याक्सवेलको दोहोरो शतकमा अस्ट्रेलिया विजयी

Read Time : > 1 मिनेट
एजेन्सी, मुम्बई
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३९:oo

ग्लेन म्याक्सवेलले दोहोरो शतक लगाएपछि अस्ट्रेलियाले मंगलबार एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई तीन विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । भारत र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

मुम्बईको वाँखडे रंगशालामा अफगानिस्तानले पहिलो ब्याटिङ गरी ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ९१ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २९३ रन बनायो । अस्ट्रेलियाले कमजोर सुरुवात गरेको थियो । इनिङ्सको एक समय अस्ट्रेलिया १८.३ ओभरमा ९१–७ को कमजोर अवस्थामा थियो । अफगानिस्तान विश्वकपकै सर्वाधिक विजेता अस्ट्रेलियामाथि सनसनी जित निकाल्ने संघारमा थियो । 

तर, म्याक्सवेलले करिअरकै सर्वोकृष्ट इनिङ्स खेल्दा अफगानिस्तान स्तब्ध भयो । म्याक्सवेलले प्याट क्युमिन्ससँग आठौँ विकेटका लागि दुई सय दुई रनको साझेदारी गर्दै अस्ट्रेलियालाई सनसनीपूर्ण जित दिलाए । म्याक्सवेल र क्युमिन्सले एक सय ७० बलसम्म साझेदारी गरेका थिए । खेलका दौरान म्याक्सवेलले दुईपटक फिजियो बोलाएका थिए । अस्ट्रेलियालाई जितका लागि ५५ बलमा ५८ रन आवश्यक हुँदा म्याक्सवेलको स्थानमा अर्का ब्याट्सम्यान आउने तयारीमा थिए । तर, म्याक्सवेलले इनिङ्सको अन्तिमसम्म खेल्ने निधो गरे । 

म्याक्सवेलले एक सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गरी नटआउट दुई सय एक रन जोडे । विश्वकपमा यो दोस्रो दोहोरो शतक हो ।

म्याक्सवेलले एक सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गरी नटआउट दुई सय एक रन जोडे । विश्वकपमा यो दोस्रो दोहोरो शतक हो । यसअघि वेस्ट इन्डिजका क्रिस गेलले सन् २०१५ मा जिम्बावेविरुद्ध दुई सय १५ रन जोडेका थिए । म्याक्सवेल र क्युमिन्सबीचको साझेदारी आठौँ विकेटका लागि अहिलेसम्मकै ठूलो हो । 

यसअघि ब्याटिङ गरेको अफगानिस्तानले इब्राहिम जार्दानको शतकीय इनिङ्समा अस्ट्रेलियाविरुद्ध चुनौतीपूर्ण योगदान खडा गरेको थियो । इब्राहिमले अफगानिस्तानका लागि एकदिवसीय विश्वकप इतिहासमा पहिलो शतक लगाए । उनले एक सय ४३ बलमा आठ चौका र तीन छक्का प्रहार गरी एक सय २९ रन जोडेका थिए । उनले छैटौँ विकेटका लागि गतिलो साझेदारी गर्दै अफगानिस्तानलाई बलियो स्थितिमा पुर्‍याए । जार्दानको यो चौथो एकदिवसीय शतक हो । 

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाहले २५ बलमा २१ रन जोडेका थिए । अफगानिस्तानले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको थियो । त्यसपछि रहमत साहसँग इब्राहिमले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । यसैगरी, कप्तान हसमुतुल्लाहसँग इब्राहिमले ५२ रनको साझेदारी गरेका थिए । कप्तान हसमुतुल्लाहले ४३ बलमा २६ रन बनाए । 

अफगानिस्तानको मध्यक्रममा अजमुतुल्लाह आमार्जीले १८ बलमा २२ रन बनाए । मोहमद नावीले १० बलमा १२ रन जोडे । अलराउन्डर रसिद खानले १८ बलमा दुई चौका र तीन छक्का प्रहार गरी ३५ रनको योगदान दिए । अफगानिस्तानले अस्ट्रेलियाको बलियो बलिङ आक्रमणविरुद्ध अन्तिम १० ओभरमा ९६ रन बनाएको थियो । अस्ट्रेलियन बलर जोस हेजलउडले ३९ रन खर्चेर दुई विकेट हात पारे । मिचेल स्टाकले ७० रन खर्चेर एक विकेट लिए । 

ad
ad