१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मेचीदेखि सुरु गरिएको साइकल यात्रा महाकाली पुगेर समापन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४३:oo

पूर्व मेचीदेखि सुरु गरिएको साइकल यात्रा पश्चिम महाकाली पुगेर समापन गरिएको छ। ११ कात्तिकमा मेचीपुलदेखि सुरु गरिएको साइकल यात्रा पश्चिम महाकालीपुल पुगेर समापन गरिएको हो।
 
हेटौँडाका स्थानीय युवाहरूले मेची–महाकाली साइकल यात्रा सुरु गरेका थिए। उनीहरूले ११औँ दिन कञ्चनपुर पुगेर यात्रा समापन गरेका थिए। कञ्चनपुरको सीमावर्ती भीमदत्त नगरपालिका– ११ गड्डाचौकी सीमा पिलर हुँदै निर्माणाधीन महाकाली पुल पुगेर समापन गरेका थिए।

साइकलयात्री भानुभक्त आचार्यले पर्यावरणको संरक्षण, नेपालको पर्यटन विकासका लागि साइकल यात्रा गरिएको बताए। उनले सबैले आ–आफ्नै खर्चमा यात्रा गरेको बताए।

‘यात्राका दौरानमा हामीले नेपाल चिन्ने अवसर पनि पायाैँ,’ उनले भने, ‘पूर्वदेखि पश्चिम महाकालीसम्मकै नेपाल र नेपालीसँग प्रत्यक्ष भेटघाट भयो।’ उक्त साइकल यात्रामा १३ जना सहभागी भएका थिए। 
 

ad
ad