१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १९ आइतबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्सेमा उच्च अंकको गिरावट, एक अर्ब पनि पुगेन काराेबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार १५:५१:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.४६ अंकले ओरालो लागेर १८२६.२३ मा सीमित भएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३६ अंकले ओरालो लागेर ३५२.३९ मा सीमित भएको छ। 

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ।

नेप्सेका अनुसार विभिन्न कम्पनीका कुल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता सेयर खरिद–बिक्री हुदा ९७ करोड २३ लाखबराबरको कारोबार भएको छ। 

यस दिन हिमालयन लघुवित्त १०, बाराही लघुवित्त ७.९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर ६.७६, नबिल ब्यालेन्स फन्ड दोस्रो ५.७३ र सबैको लघुवित्तका लगानीकर्ताले ५.५६ प्रतिशतले गुमाए। 

ad
ad
ad
ad