१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्पकाे क्षतिप्रति चिनियाँ राष्ट्रपतिद्वारा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:२९:oo

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको कर्णाली प्रदेशमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले एक शोक–सन्देश पठाउँदै चीन सरकार र चिनियाँ जनताका तर्फबाट मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शोकसन्तप्त परिवारजन तथा घाइतेहरूप्रति समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अफ्ठ्यारो पार गरी यथाशक्य छिटो बस्नका लागि घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले नेपाललाई यस विपतकाे घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताएका राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पपछि नेपाललाई विदेशबाट पहिलो राहत घोषणा चीनले नै गरेको थियो। चीनले भूकम्प प्रभावित नेपालीका लागि १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।

ad
ad