Skip This
धनगढीबाट बाजुरा आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच घाइते 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Saturday, 27 July, 2024
गगन अयडी बाजुरा
२o८o कार्तिक १९ आइतबार o७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीबाट बाजुरा आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच घाइते 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o७:५१:oo

धनगढीबाट बाजुरा आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

शनिबार राति धनगढीबाट बाजुरा आउँदै गरेको ग.२च २७७६ नम्बर बोलेर जिप डोटीको शिखर नगरपालिका– ६ स्थित केआई सिंह राजमार्गअन्तर्गत पर्ने अन्याैलामा दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक लोकबहादुर पार्कीले जानकारी दिए । 

मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ निवासी  २२ वर्षीया राधिका मल्ल, सोही गाउँकी ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कवीन्द्र बुढा र विमला मलालकी आठ महिना छोरी प्रथाना मलाल रहेको  सुदूरपश्चिम प्रदेश प्रहरी चौकी तलकोट डोटीले जानकारी दिएको छ ।

त्यस्तै, घाइते हुनेमा हिमाली गाउँपालिका– ५ बस्ने वर्ष ३० का प्रकाश बुढा, २३ वर्षीय खोमलबहादुर मलाल,  २४  वर्षीय दानबहादुर बुढा,  २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन्।

घाइतेहरूको दिपायलस्थित शैलेश्वरी अस्पताल दिपायल डोटीमा उपचार भइरहेको प्रहरी कार्यालय डोटीले जनाएको छ । २१ वर्षका चालक महेश बुढालाई घटनाबारे सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको छ ।