Skip This
दैलेखबाट स्वास्थ्यकर्मीसहित सेना र सशस्त्रको टोली जाजरकोट प्रस्थान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १८ शनिबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखबाट स्वास्थ्यकर्मीसहित सेना र सशस्त्रको टोली जाजरकोट प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १३:२२:oo

जाजरकोटमा गएको भूकम्पबाट पीडितहरूको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट उद्धार टोली परिचालन गरिएको छ। प्रतिनिधिसभाका सदस्य अम्मरबहादुर थापा, पूर्वसांसद रवीन्द्रराज शर्मासहित नेपाली सेना र सशस्त्रको टोली जाजरकोटतर्फ लागेको हो।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धर्मराज रेग्मीसहितको डाक्टरको टोली औषधि र एम्बुलेन्स लिएर जाजरकोट हिँडेको छ। रेग्मीको साथमा अन्य तीन डाक्टरहरू पनि छन्।

थप उद्धारका लागि नेपाली सेनाको ३१ र सशस्त्र प्रहरी बलका २१ जनाको सुरक्षा टोली पनि जाजरकोट प्रस्थान गरेको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए।

यता, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, पार्टीको प्रदेश अध्यक्ष गुजावजंग शाहसहितको टोली पनि जाजरकोट प्रस्थान गरेको बताइएको छ। स्थानीय संस्था एभरेस्ट क्लबको टोली पनि भूकम्प प्रभावित जाजरकोटतर्फ प्रस्थान गरेको टोलीमा सहभागी संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए। 

शुक्रबार राति गएको ६.४ रेक्टरको भूकम्पको ठूलो धक्का दैलेखमा महसुस भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ। भूकम्पमा परी चारवटा घरमा क्षति पुगेको छ भने भागदौडका क्रममा चारजना घाइते भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ।