गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट र रुकुमपश्चिमसहित आसपासका जिल्ला भग्नावशेषमा परिणत भएको छ। सबैभन्दा बढी क्षति जाजरकोट र रुकुमपश्चिममा भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार भूकम्पबाट मृत्यु हुनेको संख्या एक सय ३३ पुगेको छ भने घाइतेको संख्या एक सय ४० छ। घर भग्नावशेष भएका छन्। घरमा पुरिनेको संख्या यकिन हुन सकेको छैन। सुरक्षाकर्मीको टोली रातिदेखि नै उद्धारमा खटिएको छ।