१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १८ शनिबार १o:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या १३२ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १o:४९:oo

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको मृत्यु, ५५ जना घाइते, रुकुमपश्चिममा ३७ जनाको मृत्यु, ८५ जना घाइते

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी हालसम्म एक सय ३२ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ४० जना घाइते भएका छन्। जाजरकोटमा ९५ जनाको मृत्यु भएकाे छ भने ५५ जना घाइते छन्। यसैगरी, रुकुमपश्चिममा ३७ जनाको मृत्यु भएकाे छ भने ८५ जना घाइते भएका छन्। 

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रविन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी कार्यलाई तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

अहिले भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको  छ।