Skip This
अक्टाेबरमा कोभिड अघिभन्दा बढी भित्रिए पर्यटक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १५ बुधबार १३:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अक्टाेबरमा कोभिड अघिभन्दा बढी भित्रिए पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १३:५१:oo

नेपालकाे पर्यटन व्यवसाय लयमा फर्किएकाे छ। अक्टाेबर महिनामा नेपालमा एक लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन्। 

नेपाल पर्यटन बाेर्डका अनुसार अक्टाेबरमा एक लाख १७ हजार तीन सय ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। याे संख्या काेराेना महामारी सुरु हुनुअघि सन् २०१९ काे तुलनामा ६ प्रतिशतले धेरै हाे।

अक्टाेबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार चार सय ८० जना पर्यटक आएका छन्। यस्तै, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट ६ हजार आठ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार नाै सय १६, फ्रान्सबाट पाँच हजार दुई सय ७१, बंगलादेशबाट चार हजार दुई सय ९२, श्रीलंकाबाट दुई हजार पाँच सय सात र इटालीबाट दुई हजार चार सय ६७ जना पर्यटक आएका छन्।

याे अंग्रेजी वर्षकाे १० महिना अर्थात् जनवरीदेखि अक्टाेबरसम्म नेपालमा आठ लाख नाै हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन्।