१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेटवार्ता

जलवायु परिवर्तन सहयोग कोष वृद्धि गर्ने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३१:oo

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको छ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकअघि गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसमा  राष्ट्रसंघको भूमिकाबारे छलफल भएको थियो।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए। जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’को पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए। त्यस्तै, उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा समेत सहयोग गर्ने आश्वासन दिए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको फड्कोमा अगाडि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकताहरू त्यसमै केन्द्रित रहेको बताए।

महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवं अभियानहरू परिपूरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरेका थिए।

मंगलबार नै लुम्बिनी भ्रमण गरी आएका महासचिव गुटेरेसप्रति बुद्धभूमिलाई महत्त्व दिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले हार्दिकता प्रकट गरे। नेपालले ध्यानलाई अभियानका रूपमा राष्ट्रसंघसम्मै पुर्‍याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उनले दिए। त्यसबारे महासचिव गुटेरेसले खुसी व्यक्त गरे।

हृदयघातको उपचारपछि स्वास्थ्य लाभ गरिरहेका उपप्रधानमन्त्री श्रेष्ठलाई महासचिव गुटेरेसले छिट्टै पूर्ण स्वास्थ्य सहजताको शुभकामनासमेत दिएका थिए।

ad
ad