![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/cards2023-10-30-06-43-28.jpeg)
कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालस्थित खोलाकिनारमा जुवातास खेलिरहेका आठजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हल्दुखालस्थित खोलाकिनारमा जुवातास खेलिरहेका आठजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा आठैजनालाई पक्राउ गरिएको जानकारी दिए।
जुवाखालबाट एक लाख, १४ हजार ११० रुपैयाँ नगदसहित एक गड्डी तास, ६ वटा मोटरसाइकल र एउटा स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।