Skip This
दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किए (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १० शुक्रबार
  • Sunday, 06 October, 2024
अमुल थापा काठमाडौं
२o८o कार्तिक १० शुक्रबार १८:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किए (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १० शुक्रबार १८:३६:oo

दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किने क्रम सुरु भएको छ । गाउँ गएकाहरू काठमाडौं फर्कँदा कोसेली बोकेर फर्किएका छन् । घरबाट काठमाडौं आउँदा उनीहरूले बाआमाले पठाइदिएका सामानहरू बोकेर आएका छन् । गाडीको लामो यात्रापछि काठमाडौं ओर्लँदा उनीहरू थकित मुद्रामा थिए ।

दसैँ मनाउन गाउँ गएका मानिसहरू फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भिड बढेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटिएका छन् । दसैँको केही समय सुनसान बनेको काठमाडौं गाउँ गएका  मानिस आएसँगै लयमा फर्कन थालेको छ । 

हेर्नुहोस् नयाँ पत्रिकाकर्मी अमुल थापाले काठमाडौंको जडीबुटी पुगेर शुक्रबार साँझ खिचेका केही तस्बिरहरू :