मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ११ मंगलबार १६:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ३३ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १६:११:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक ३३.४१ अंले बढेर दुई हजार ७१६.६६ कायम भएको छ । आज परिसूचक १.२४ प्रतिशतले बढेको हो ।

३१२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता सेयर ७५ हजार ५७२ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ १.२०, विकास बैंक ०.४९, वित्त समूह १.५१, होटेल तथा पर्यटन ०.६४, जलविद्युत् १.९७ र लगानी समूह १.१३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा १.०२, उत्पादन तथा प्रशोधन १.०८, लघुवित्त ०.८५, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा ०.८१, व्यापार १.२९ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाइटेड आइडिआई मर्दी हाइड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. ४५ करोड ७८ लाखबराबरको कारोबार भएको छ ।  खरिदबिक्री भएका सेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ६ लाख ८८ हजार २३६ कित्ता सेयर किनबेच भएको छ ।