मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
२o८१ मङ्सिर ११ मंगलबार १६:२४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

डेढ लाख नहुँदा उपचार नै नगरी रम्भाले श्रीमानलाई अस्पतालबाट घर ल्याइन् [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १६:२४:oo

सप्तरीको राजविराज नगरपालिका– ६ दलित बस्तीका २७ वर्षीय रूपेश सदा उपचारका लागि दुई महिनादेखि ओछ्यानमै थला परेका छन् । नसा च्यापिएर हिँडडुल गर्ने अवस्था नभएका उनलाई उपचार गराउन आर्थिक समस्या छ ।

पेसाले मजदुर उनी एक महिनाअघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर जाँदै गर्दा लडेर अचेत भएका थिए । लड्दा उनको टाउको, घाँटी र ढाडमा चोट लाग्यो । साथै, घाँटी र ढाडको नसा च्यापिएको थियो । जसकारण उनी हिँडडुल गर्न नसक्ने भएका हुन् ।

बिरामी भएपछि उनलाई उपचारका लागि श्रीमती रम्भाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएकी थिइन् । पाँच दिनको उपचार र बसाइमा एक लाख पाँच हजार खर्च भएको उनले बताइन् । चिकित्सकले अप्रेसन गर्नुपर्छ भन्दै थप एक लाख ५० हजार रुपैयाँ व्यवस्था गर्नु भनेपछि उपचार नै नगरी श्रीमानलाई घर ल्याएको रम्भाको भनाइ छ ।

वडा कार्यालयबाट केही सहयोग तथा साहु–महाजनसँग ऋण सापटी खोजेर उपचारका लागि धरान गएकी उनी धेरै खर्च लाग्ने भएपछि चिन्तामा परेकी छिन् । उनलाई यतिवेला श्रीमानकाे उपचारसँगै तीनजना नाबालक सन्तानको लालनपालनमा समस्या भएको छ ।