मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक ९ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८o कार्तिक ९ बिहीबार १८:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन सेढाईंको अन्त्येष्टि  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o कार्तिक ९ बिहीबार १८:४८:oo

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते भएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा म‌ंगलबार निधन भएको थियो । 

क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौं ल्याइएको मृतकका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिए । दुर्घटनामा घाइते सेढाईंको काठमाडौंमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।  

क्याप्टेन सेढाईंका पत्नी, एक छोरा र एक छोरी छन् । स्व. सेढाईंलाई छोरा सौहार्दले दागबत्ती दिए । आर्यघाटमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता अर्जुननरसिंह केसी, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, पूर्वमन्त्री शंकर कोइरालासहित धादिङबाट काठमाडौं आई बसोवास गर्ने धादिङवासी तथा हवाई उड्डयन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य संख्यामा उपस्थिति थियो ।

विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गरेका क्याप्टेन सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रूपमा कार्यरत थिए । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट पर्यटक, तीर्थयात्री र बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा स्व. सेढाईंको अतुलनीय योगदान रहेको मनाङ एयरले जनाएको छ।