दसैँमा मनोरञ्जनका लागि पिङ खेल्ने गरिन्छ । बालबालिका र युवायुवतीहरू विशेषगरी पिङ खेल्न रुचाउँछन् । दसैँको एक दिन भुइँ छोड्नुपर्छ भन्ने मान्यताअनुसार पनि पिङ खेल्ने परम्परा छ । पिङ मनोरञ्जनको परम्परागत माध्यम हो । स्थानीय सामग्री प्रयोग गरेर मानिसहरू मिलेर लिंगेपिङ, रोटेपिङ हाल्ने र खेल्ने गरिन्छ । पहिले–पहिले गाउँमा पिङ हालेपछि मात्रै दसैँ लागेजस्तो हुन्थ्यो । यसले हाम्रो मौलिकताको झल्को दिन्छ ।