१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी
२o८१ बैशाख १९ बुधबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेमार नौ महिना मैदानबाहिर

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३२:oo

उरुग्वेविरुद्धको खेलमा चोटग्रस्त बनेका ब्राजिलका नेमार नौ महिनापछि मैदानमा फर्कन सक्ने

ब्राजिलका युवा स्ट्राइकर नेमार जुनियर चोटका कारण कम्तीमा नौ महिना मैदानबाहिर रहने भएका छन् । सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेविरुद्ध घाइते भएका नेमारको बिहीबार लिगामेन्ट र मेनिस्कसको शल्यक्रिया भएको छ ।

शल्यक्रियापछि नेमार नौ महिना मैदानमा फर्कन नसक्ने चिकित्सकले जनाएका छन् । नेमारको बायाँ घुँडा भाँचिएपछि शल्यक्रिया गरिएको उनी आबद्ध अल हिलालले जनाएको छ । उरुग्वेसँग २–० ले पराजित भएको खेलमा उरुग्वेका निकोलस डी ला क्रुजसँग बल खोस्ने क्रममा नेमार मैदानमा ढलेका थिए ।

मैदानमा सामान्य परीक्षणपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ‘घुँडाको शल्यक्रिया भएको छ, यो समय परिवारलाई दिनुपर्छ,’ नेमारले भनेका छन् । मैदानबाहिर रहँदा नेमारले अब विश्वकप छनोटका केही खेल र कोपा अमेरिका गुमाउन सक्छन् । गत अगस्टमा नेमार साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालमा अनुबन्ध भएका थिए ।

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा ६ सिजनपछि उनी साउदी पुगेका हुन् । सन् २०१७ मा पिएसजीले नेमारलाई बार्सिलोनाबाट भित्र्याउन कीर्तिमानी दुई सय २२ मिलियन युरो खर्चिएको थियो । ‘यो मेरा लागि दुःखद हो, यद्यपि आफूलाई बलियो बनाउनुपर्छ,’ उनले भने । 

ब्राजिलका सर्वाधिक गोलकर्ता
पिएसजीबाट अल हिलालमा आबद्ध हुँदा उनले ७८ मिलियन पाउन्ड पाए । साउदी प्रो लिगमा उनले दुई वर्षको सम्झौता गरेका छन् । उनले अल हिलालबाट प्रतिसिजन एक सय ३० मिलियन पाउन्ड पाउँछन् । नेमारले सन् २०२३ मा मात्रै दोस्रोपटक शल्यक्रिया गरेका छन् ।

यसअघि फेब्रुअरीमा पेरिसमै उनले शल्यक्रिया गरेका थिए । उनी ब्राजिलको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन् । गत सेप्टेम्बरमा उनले पेलेको ७७ गोलको कीर्तिमान तोडेका थिए । उनले बोलिभियाविरुद्ध दुई गोल गरेका थिए । नेमार चार वर्ष बार्सिलोनामा रहे । त्यस समय उनी करिअरकै उत्कृष्ट लयमा थिए । बार्सिलोनामा उनले एक सय २३ खेल खेल्दा ६८ गोल गरेका थिए ।
 

ad
ad