१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

धरानमा बन्यो जिल्लाकै लामो झोलुंगे पुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२७:oo

धरानमा सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको छ । धरान उपमहानगरपालिका– ५ स्थित अँधेरीखोलामा निर्माण भएको झोलुंगे पुलको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्घाटन गरे ।

आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अँधेरी खोलामा दुई सय ३३ मिटर लामो सस्पेन्सन झोलुंगे पुल निर्माण भएको छ । प्रदेश सरकारको सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागमातहतको सस्पेन्सन ब्रिज डिभिजनले एक करोड आठ लाख ४२ हजार नाै सय १५ रुपैयाँ लागतमा उक्त पुल निर्माण भएको धरान– ५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिए । उनका अनुसार पुलको भारवाहन क्षमता ७० मेट्रिक टन अथवा पाँच सय तीनजना मानिसको भारबराबर रहेको छ । 

पुल निर्माण भएपछि ठिंगबारी र आँपटार हुँदै धरानको बजारसम्म सीधै जोडिएर स्थानीयवासीहलाई सुविधा भएको छ । पुल नहुँदा धेरै दुःखकष्ट खेपेको स्थानीयले बताएका छन् । स्थानीय रविन गिरीले भने, ‘हामीलाई अहिले बाढी आएको वेला पनि सागसब्जी तथा दूध बजार पुर्‍याउन सहज भएको छ भने केटाकेटीलाई विद्यालय जान–आउन पनि सुविधा भएको छ ।’ त्यस्तै, आँपटारकी रमिता राईले आफूहरू धान कुटाउन मिल जानुपर्दा, बच्चाहरूलाई बालविकास केन्द्र पठाउँदा र वडा कार्यालय जान सहज भएको बताइन् ।

ad
ad