Skip This
इप्पानको दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापन तालिम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २ बिहीबार १२:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इप्पानको दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापन तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १२:१o:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेसनल सेन्टर फर हाइड्रोपार (आइसिएच)को सहआयोजनामा दुईदिने दिगो वित्तीय उपकरण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । काठमाडौंमा भएको कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

दुईदिने तालिमको उद्घाटन गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरूको क्षमता वृद्धिका लागि आइसिएच र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्यमा आयोजना गरिएको दिगो वित्तीय उपकरणसम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । आइसिएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् । 

सामाजिक–पर्यावरण द्वन्द्व व्यवस्थापनमा पाँचदिने तालिम 
इप्पान र आइसिएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक–पर्यावरण द्वन्द्व व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम पनि केही दिनअघि मात्र सम्पन्न भएको छ । असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरणसम्बन्धी द्वन्द्व व्यवस्थापनबारे आइसिएचका तर्फबाट दर्जनाैँ पेपर प्रिजेन्टेसन गरिएको थियो । उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका तीनजना ऊर्जा उद्यमीहरूको सहभागिता रहेको थियो ।