Skip This
परिवार घुम्नका लागि छोटो गन्तव्य 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २ बिहीबार १o:३८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

परिवार घुम्नका लागि छोटो गन्तव्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १o:३८:oo

दसैँको समयमा मानिसहरू परिवारसहित घुम्न रुचाउँछन् । वृद्धवृद्धा र बालबालिकासहित घुम्न निस्कनुपर्दा गाडीको सुविधा भएका स्थानमा जानु उपयुक्त हुन्छ । काठमाडौंनजिकै केही त्यस्ता गन्तव्य छन्, जो प्राकृतिक र सांस्कृतिक रूपमा निकै सुन्दर छन् । यहाँ सुविधासम्पन्न होटेल तथा स्तरीय होमस्टेहरू पनि उपलब्ध छन् । स्थानीय समुदायले सञ्चालन गरेका होमस्टेले पारिवारिक वातावरणमा पर्यटकको सत्कार गर्ने गरेका छन् । 

काठमाडौं–चित्लाङ (एक रात, दुई दिन)
काठमाडौंनजिकको गन्तव्य चित्लाङ पनि हो । दुई–तीन घन्टा गाडीमा यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । यहाँ उत्कृष्ट रिसोर्टहरू छन् । यसका साथै स्थानीय संस्कृति नियाल्न मिल्ने होमस्टेहरू पनि छन् । होमस्टेमा बस्दा उपयुक्त हुन्छ । चित्लाङ पुगेर एक रात वास बसेर मज्जाले घुमेर फर्किन सकिन्छ । 

काठमाडौं–दामन (एक रात, दुई दिन)
काठमाडौंबाट नजिकको गन्तव्य दामन पनि हो । तीन–चार घन्टा गाडीमा यात्रा गरेपछि सजिलै पुग्न सकिन्छ । एक रात बसेर काठमाडौं फर्किन सकिन्छ । तामाङ, नेवारी संस्कृतिलाई नियाल्न पाइन्छ । यो स्थान बालबालिकालाई घुमाउनका लागि उपयुक्त स्थान हो । 

काठमाडौं–नगरकोट (एक रात, दुई दिन)
प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट काठमाडौंबाट एक–दुई घन्टाको यात्रामै पुग्न सकिन्छ । नगरकोटबाट सगरमाथा, धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, गौरीशंकर, मकालुजस्ता हिमाल र थुप्रै चुचुराहरू नियाल्न सकिन्छ । यहाँ सपरिवार जाँदा निकै रमाइलो हुन्छ । एक रात वास बसेर भोलिपल्ट बिहान सूर्योदय हेर्दै घुमफिर गरेर फर्कन सकिन्छ ।