इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सुरु भएको युद्धमा एउटा मात्र पक्ष विजेता हुनेछ । यो न त इजरायल हो न हमास । ‘अल–अक्सा स्टोर्म’ नाम दिइएको एक कारबाहीमा हमास (जसको औपचारिक नाम इस्लामिक प्रतिरोध आन्दोलन हो)ले ७ अक्टोबरमा इजरायलमा हजारौँ रकेट प्रहार गर्यो । हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु स्थल, समुद्री र वायुबाट इजरायलमा घुसपैठ गरे । हमासको हमलामा सयौँ इजरायली मारिएका छन्, दुई हजारभन्दा बढी घाइते भएका छन् र धेरैलाई बन्धक बनाइएको छ ।
जवाफमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरे र गाजामा हवाई आक्रमण गरे । प्रतिशोधको पहिलो दिनमा (प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार) करिब ४०० प्यालेस्टिनी मारिएका थिए । आगामी हप्तामा इजरायली सेनाले पक्कै पनि कठोर बदला लिनेछ र सयौँ प्यालेस्टिनी लडाकु र नागरिकलाई मार्नेछ । मध्यपूर्व राजनीति र सुरक्षाको विश्लेषकको रूपमा मलाई विश्वास छ कि दुवै पक्षका हजारौँ पीडित हुनेछन् । तर, जब युद्धको धुवाँ आकाशमा मडारिन्छ, एउटा देशको स्वार्थ पूरा हुनेछ, त्यो हो इरान ।
इजरायलमा अचानक आक्रमणमा तेहरानको संलग्नता देख्न सकिने यसअघि नै केही विश्लेषकले सुझाब दिइरहेका छन् । प्रोत्साहन र समर्थनका साथ इरानी नेताहरूले आक्रमणबारे प्रतिक्रिया दिएका छन् ।इरानको विदेश नीतिलाई प्रभाव दिने निर्णायक कारक सन् १९७९ मा इरानका अमेरिकामैत्री दमनकारी शाहको पतन र सिया मुस्लिम क्रान्तिकारी शासकको हातमा राज्यशक्ति हस्तान्तरण थियो । त्यो शासनलाई कडा अमेरिकी साम्राज्यवादविरोधी र इजरायलविरोधी सियोनवाद (यहुदी राष्ट्रवादी आन्दोलन) ले परिभाषित गरेको थियो ।
क्रान्तिमा संलग्न नेताहरूको दाबी थियो कि क्रान्ति भ्रष्ट इरानी राजतन्त्रविरुद्ध मात्र होइन, यो सर्वत्र दमन र अन्यायको सामना गर्ने उद्देश्यले थियो र विशेषगरी अमेरिका समर्थित सरकारविरुद्ध । ती सरकारमध्ये इजरायल प्रमुख थियो ।इरानी नेताहरूको दृष्टिमा इजरायल र संयुक्त राज्यले अनैतिकता, अन्याय तथा मुस्लिम समाज र इरानी सुरक्षाका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरे ।
शाहसँगको घनिष्ठ सम्बन्ध र इरानी जनतामाथिको निरन्तर दमनमा इजरायलको भूमिकाका कारण इजरायलप्रति महसुस गरिएको स्थायी शत्रुता कुनै सानो अंशमा छैन । अमेरिकी केन्द्रीय खुफिया एजेन्सीको साथमा इजरायलको गुप्तचर सेवा (मोसाद)ले शाहको गोप्य प्रहरी र गुप्तचर सेवा (साभक)लाई व्यवस्थित गर्न मद्दत ग¥यो । यस संगठन शाहको पछिल्लो दुई दशक लामो शासनमा रहँदा विरोधीलाई दबाउनका लागि बढ्दो कठोर रणनीतिमा निर्भर रह्यो, जसमा सामूहिक कारावास, यातना, बेपत्ता, जबर्जस्ती निर्वासन र हजारौँ इरानीहरूको हत्या समावेश थियो ।
प्यालेस्टिनीको स्वतन्त्रताका लागि समर्थन इरानको क्रान्तिकारी सन्देशको मुख्य विषय थियो । सन् १९८२ मा लेबनानमा इजरायली आक्रमणले (लेबनानमा इजरायविरुद्ध प्यालेस्टिनी आक्रमणको बदलामा) लेबनानमा इजरायली सैनिकहरूलाई चुनौती दिएर र यस क्षेत्रमा अमेरिकी प्रभाव जाँच गरेर इरानलाई आफ्नो एन्टी जियोनिस्ट (यहुदी राष्ट्रियताको अस्वीकार) विरोधी बयानबाजीमा सन्तुष्टि लिने अवसर प्रदान गर्यो ।त्यस उद्देश्यका लागि लेबनानी र प्यालेस्टिनी लडाकुलाई संगठित र समर्थन गर्न इरानले आफ्नो इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (इरानको सेनाको एक शाखा, जसलाई सामान्यतया ‘क्रान्तिकारी गार्ड’ भनेर चिनिन्छ ) लेबनानमा पठायो ।
आगामी सातामा इजरायली सेनाले पक्कै पनि कठोर बदला लिनेछ र सयौँ प्यालेस्टिनी लडाकु र नागरिकलाई मार्नेछ । मध्यपूर्व राजनीति र सुरक्षाको विश्लेषकको रूपमा मलाई विश्वास छ कि दुवै पक्षका हजारौँ पीडित हुनेछन् । तर, जब युद्धको धुवाँ आकाशमा मडारिन्छ, एउटा देशको स्वार्थ पूरा हुनेछ, त्यो हो इरान ।
लेबनानको बेका उपत्यकामा क्रान्तिकारी गार्डहरूले सिया प्रतिरोधी लडाकुलाई धर्म, क्रान्तिकारी विचारधारा र छापामार रणनीतिमा निर्देशन दिनुका साथै हतियार, आर्थिक सहयोग, प्रशिक्षण र प्रोत्साहन प्रदान गरे । इरानी नेतृत्वले यी प्रारम्भिक प्रशिक्षार्थीलाई लडाकुहरूको असंगठित ब्यान्डबाट आज लेबनानको सबैभन्दा शक्तिशाली राजनीतिक र सैन्य बल हिजबुल्लाहमा रूपान्तरण गर्यो ।
सन् १९८० को प्रारम्भदेखि इरानले इजरायलविरोधी लडाकु समूह र कारबाहीलाई समर्थन जारी राखेको छ । इस्लामिक गणतन्त्रले सार्वजनिक रूपमा लडाकु समूहलाई लाखौँ डलर वार्षिक सहयोगको वाचा गरेको छ । उसले इरान र लेबनानमा रिभोलुसनरी गार्ड र हिजबुल्लाह आधारमा हजारौँ प्यालेस्टिनी लडाकुलाई आधुनिक सैन्य प्रशिक्षण दिन्छ । इरानले गाजामा हतियार पठाउन एक परिष्कृत तस्करी नेटवर्क चलाउँछ, जुन लामो समयदेखि इजरायली नाकाबन्दीले अवरुद्ध छ ।
क्रान्तिकारी गार्ड र हिजबुल्लाहमार्फत इरानले प्यालेस्टिनी इस्लामिक जिहाद र हमास हिंसालाई प्रोत्साहन दिनुका साथै सक्षम बनाएको छ । विदेशी मामिला विश्लेषकले यी प्यालेस्टिनी लडाकु अब इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको अक्ष’ बताउँछन् । तर, इरानले कुनै पनि राज्यको प्रत्यक्ष रूपमा सामना गर्न जोखिम मोल्न सक्दैन । इजरायली–प्यालेस्टिनी द्वन्द्व र मृत्युको संख्या सन् २०२० देखि लगातार बढ्दो छ ।
प्यालेस्टेनीहरू बढ्दो देश निकाला र सम्पत्तिको विनाश तथा इजरायली राष्ट्रवादीलाई अल–अक्सा मस्जिद (मुस्लिम र यहुदी दुवैको पवित्र स्थल ) मा यहुदी प्रार्थना रोक्न अनुमति दिएकोमा आक्रोशित छ । वास्तवमा आप्रवासीले अल–अक्सा मस्जिदमा गरेको हालैको अतिक्रमणलाई हमासले अक्टोबर ७ को आक्रमणको कारणको रूपमा उल्लेख गरेको छ ।
इरानको स्वागत
यसको मतलब इरानले इजरायलमा हमासलाई आक्रमण गर्न आदेश दिएको होइन, न त इरानले प्यालेस्टाइनी लडाकुलाई नियन्त्रण गर्छ । तिनीहरू इरानी कठपुतली पनि होइनन् । यद्यपि, इरानका नेताहरूले आक्रमणलाई स्वागत गरे । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, ‘आज जे भयो त्यो सिरिया, लेबनान र कब्जा गरिएको भूमिलगायत विभिन्न क्षेत्रमा सियोनवादविरोधी प्रतिरोधको विजयको निरन्तरतासँग मेल खान्छ ।’
सियोनवाद (यहुदी राष्ट्रवादी आन्दोलन) हमास आक्रमणको हप्ताअघि साउदी युवराज मोहम्मद बिन सलमानले साउदी अरेबियाले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनको लागि गरेको हालैका प्रयास रोकेको थियो भन्ने रिपोर्टलाई अस्वीकार गरे, जसमा इजरायलको अस्तित्वको अधिकारको औपचारिक घोषणा र कूटनीतिक संलग्नता बढेको छ । ‘हरेक दिन हामी नजिक पुग्छौँ,’ इजरायलसँगको सम्बन्धबारे सलमानले भने, ‘जुन विषयलाई नेतान्याहुले प्रशंसा गरेका थिए ।’
कसरी इरानले जित्छ ?
इजरायल–हमास युद्धको कम्तीमा तीन सम्भावित परिणाम छन्, र ती सबै इरानको पक्षमा जान्छन् । पहिलो, इजरायलको भारी प्रतिक्रियाले साउदी अरेबिया र अन्य अरब राज्यलाई अमेरिकासमर्थित इजरायली सामान्यीकरण प्रयासलाई बन्द गर्न सक्छ । दोस्रो, इजरायलले खतरा हटाउन गाजामा थप धक्का दिन आवश्यक ठानेमा यसले पूर्वी जेरुसेलम वा वेस्ट बैंकमा अर्को प्यालेस्टिनी विद्रोहलाई उक्साउन सक्छ, जसले इजरायली हमला र ठूलो अस्थिरता निम्त्याउँछ ।
अन्तमा, यसअघि उल्लेख गरेको प्रचलित जोडदार रणनीतिलाई अगाडि बढाउँदै र तीव्रताको सम्भावना कम गर्दै इजरायलले आवश्यक बलको न्यूनतम मात्रा प्रयोग गरेर आफ्नो पहिलो दुई उद्देश्य हासिल गर्न सक्छ । तर, यो असम्भव छ । यदि यो भयो भने पनि हिंसाको यो पछिल्लो प्रकोप निम्त्याउने आधारभूत कारण र त्यस प्रक्रियामा इरानले खेल्ने सक्षम भूमिकालाई सम्बोधन गरिएको छैन । जब इजरायली–प्यालेस्टिनी हिंसाको अर्को चरण सुरु हुन्छ (यो हुनेछ), मलाई विश्वास छ कि इरानका नेताहरूले राम्रो कामका लागि आफूलाई फेरि बधाइ दिनेछन् ।
–द कन्भर्सेसनबाट