मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०८० असोज २४ बुधबार ०८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज एमाले मधेश प्रदेश अधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०८० असोज २४ बुधबार ०८:३९:००

नेकपा (एमाले) मधेश प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदै छ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । 

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए ।

अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ ।