१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Thursday, 24 October, 2024
२o८o असोज २१ आइतबार १२:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिमकोट बोलेर दुर्घटना : घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार १२:५३:oo

हुम्ला सदरमुकाम सिमकोटमा बोलेर दुर्घटना भएको छ। 

आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका- २ ठेहे जाँदै गरेको गाडी दुर्घटना भएको हो। बा.२१च ७३५३ नम्बरको बोलेरो दुर्घटना भएको हो। 

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्लाका अनमी सरिता बोहाेराले बताइन्। 

घाइते हुनेमा सिमकोट गाउँपालिका– २ का वडाध्यक्ष देवजंग बोहाेरा, सोही पालिकाका वडा नम्बर ३ का वडाध्यक्ष पामा लामा, ध्रुवबहादुर शाही, मालती भण्डारी, योजना ऐडी, मुटुब लामा, बासबहादुर भण्डारी, गाडीचालक, बालक सन्देश भण्डारीसहित नौजना घाइते भएका हुन्। 

जिल्ला अस्पतालमा उपाचार हुन नसक्ने गम्भीर घाइतेहरूको थप उपचारका लागि जिल्लाबाहिर लैजानका लागि हेलिकोप्टरको तयारी भइरहेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी दिए।