१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १९ शुक्रबार ११:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई सन्तुलित आहार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार ११:५o:oo

आमाको दूध बच्चाका लागि स्वस्थ र तन्दुरुस्त पार्ने सबैभन्दा उत्तम आहार हो । त्यसैले स्तनपान बच्चाका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । स्तनपानले सुत्केरी आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सकारात्मक भूमिका खेलिरहेको हुन्छ । आमाको दूधले रोगसँग लड्ने क्षमता वृद्धि गर्छ । 

६ महिनासम्म बच्चाको रोगसँग लड्ने क्षमता विकास भएको हुँदैन । आमाको दूधमा बच्चाका लागि आवश्यक सम्पूर्ण पोषण हुन्छ । त्यसैले ६ महिनासम्म आमाको दूध मात्रै वा फर्मुला मिल्क खुवाउनुपर्छ । ६ महिनापछि स्तनपानसँगै अन्य ठोस खानेकुरा पनि खुवाउन थाल्नुपर्छ ।

एक वर्षपछि : एक वर्ष पूरा भएपछि बच्चामा कब्जियतको समस्या पनि देखिने गर्छ । तीन–चार दिनसम्म दिसा नगर्ने, दिसा गर्दा पनि एकदमै साह्रो खालको गर्ने पनि देखिन्छ । यस्ता समस्या देखिन नदिनका लागि सन्तुलित आहार एकदमै जरुरी हुन्छ । फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, फाइबरलगायत परिपूर्ति गर्न सहयोग गर्छ । शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ । जसले गर्दा बच्चालाई खानेकुरामा फलफूल र सागपात समावेश गर्न जरुरी हुन्छ ।

बच्चालाई प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अन्डा, दाल तथा गेडागुडी सन्तुलित रूपमा नियमित खुवाउनुपर्छ । अन्डाको सेतो र पहेँलो भाग मिसाएर दिन सकिन्छ । अन्डामा बच्चालाई आवश्यक क्यालोरी, प्रोटिन र भिटामिन हुन्छ । 

बच्चाको वृद्धिविकासका लागि सन्तुलित आहार अपरिहार्य छ । चामल, गहुँ, मकै, जौ, कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको भोजनमा समावेश गर्दा राम्रो हुन्छ ।

घरमै पकाएको खाना 
बालबालिकालाई ठूलो भइसकेपछि पनि स्वस्थ खानेकुरा खुवाउनुपर्छ । घरमा पकाइएको स्वस्थ खानेकुरामा जहिले पनि जोड दिनुपर्छ । नरम बनाएर खुवाउँदा निकै राम्रो हुन्छ । कार्डाेहाइड्रेड, प्रोटिन, फ्याट पनि उत्तिकै महत्वपूर्ण हुन्छ । साथै, फाइबर डाइट पनि महत्वपूर्ण हुन्छ । बिस्तारै ठूलो हुँदै गएपछि सागसब्जी, गेडागुडी दिनुपर्छ । सानोमा घरमै पकाएको खानेकुरा खुवाउने बानी विकास भएपछि बच्चाले ठूलो हुँदा पनि त्यसलाई नै निरन्तरता दिन्छन् र स्वस्थ जीवनयापनका लागि सहज हुन्छ । 

के नखुवाउने ?
- बच्चालाई जंकफुडबाट टाढा राख्नुपर्छ । कतिपयले एक वर्ष पनि नपुगेका बच्चालाई गाई–भैँसीको दूध खुवाउने गरेका छन् । तर, यस्ता बच्चालाई स्तनपान वा फर्मुला मिल्क मात्रै खुवाउनुपर्छ । गाई–भैँसीको दूधमा रहेको उच्च प्रोटिनलाई सानो बच्चाको पाचनतन्त्रले पचाउन सक्दैन । यसले किड्नीमा पनि दबाब सिर्जना गर्छ । यसले विभिन्न समस्या सिर्जना गर्न सक्छ । त्यसैले एक वर्ष पुग्नुभन्दा अघि गाई–भैँसीको दूध खुवाउनुहुँदैन । 

- साना बच्चालाई अम्लीय फल (कागती, सुन्तला आदि) खुवाउनुहुँदैन । शिशुको कमजोर पाचनतन्त्रले यसलाई पचाउन मुस्किल हुन्छ । यसले बच्चाको पेट खराब हुन सक्छ र पेटमा दुखाइ पनि हुन सक्छ । 

- एक वर्ष नपुगेका शिशुलाई नुन खुवाउनुहुँदैन । शिशुका लागि आवश्यक नुनको मात्रा फर्मुला मिल्क वा आमाको दूधबाटै मिल्छ । ज्यादा नुनले उल्टै खराब गर्छ । त्यस्तै, एक वर्षभन्दा कम उमेरका बच्चालाई चिनी खुवाउनुहुँदैन । 

ad
ad
ad
ad