१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १२ शुक्रबार १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अभिनेता अनमोल केसी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १८:o१:oo

आपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई बनेपाबाट पक्राउ गरेको हो।

चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा एक करोडभन्दा धेरै नोक्सान भएको उजुरी छ। 

केसीलाई छलफलका लागि पटक–पटक बोलाइए पनि नआएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ।