Skip This
पार्टीभित्रै खोल ओढेर बसेका प्रचण्ड र माधवले नेकपा फुटाए : ओली 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o असोज १२ शुक्रबार १६:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीभित्रै खोल ओढेर बसेका प्रचण्ड र माधवले नेकपा फुटाए : ओली 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १६:५९:oo

अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई अदालतले नभई पार्टीभित्र खोल ओढेर बसेका प्रचण्ड र माधव नेपालहरूले षड्यन्त्र गरेर नेकपा र एमाले विभाजन गरेकाे आरोप लगाएका छन्। 

शुक्रबार विराटनगरमा कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले तत्काल बहुमत प्राप्त गरेर धमाधम जनपक्षीय काम गरिरहेको सह्य नभएर दक्षिणपन्थीहरूको उक्साहटमा नेकपाभित्रै रहेकाले पार्टी विभाजन गरेको आरोप लागाएका हुन्।
 
उनले प्रचण्ड र माधव नेपालले अनेक जालझेल गरेर नेकपा मात्र नभई एमाले पार्टीसमेत विभाजन गराएको दाबी गरे। कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनताको पक्षमा लोकप्रिय काम गरिरहेको एमाले पार्टी अरूको उक्साहटमा फुटाउनेहरू अहिले पुनः नेकपा ब्युँताउने र कम्युनिस्ट एकता गर्ने कुरा गरिरहेको सुन्दा आफूलाई उदेक लागेको बताए। 

ओलीले भने, ‘एमाले फुटाउएर कार्यकर्ताहरूलाई अलमल्ल पार्ने प्रचण्ड र माधवहरू फाटोवादीहरू हुन्। कोही पनि भ्रममा नपर्नुहोला। यो कुरा बुझेर अलमलिएका कार्यकर्ताहरूले उनीहरूको पार्टी धमाधम छाडिरहेका र अरू धेरैले छाड्नेछन्।’ 

नेपालमा एमाले एक मात्र कम्युनिस्ट पार्टी भएको दाबी गर्दै ओलीले भने, ‘आफ्नो खेतमा पाकेको बाली काट्न छोडेर अर्को खेतमा शिला खोज्दै हिँड्ने गल्ती नगर्नुहोला। किनभने शिला खोजेकाले  हाेइन आफैँले उब्जाएको अन्नले मात्र समृद्ध बनाउन सक्छ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी मिसन २०८४ सफल बनाउने अभियानमा निरन्तर लागिरहेको, तर विरोधीहरू  मिडिया र सामाजिक सञ्जालहरू प्रयोग गरेर एमालेलाई बदनाम गराउन सक्रिय भइरहेकोप्रति कार्यकर्तालाई सचेत हुन निर्देशन दिए। 
हरेक वडा र टोलमा एमालेको ५१ प्रतिशत पुगे मात्र मिसन २०८४ सफल हुने भन्दै उनले सोहीअनुसार प्रतिबद्ध  हुन कार्यकर्तालाई आग्रह गरे। 

अध्यक्ष ओलीले एमाले सबैभन्दा लोकतान्त्रिक पार्टी भएकाले सकेसम्म सर्वसम्मत विधानअनुसार नेतृत्व चयन गर्न, तर सर्वसम्मत हुन नसकेमा मित्रवत् प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न कार्यकर्तालाई निर्देशन दिए। उद्घाटन सत्रलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सचिव रघुवीर महासेठलगायतले सम्बोधन गरेका थिए।

अधिवेशनमा कोशी प्रदेशभरिका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्। शनिबारसम्म सञ्चालन हुने प्रदेश अध्यक्षका लागि चारजना आकांक्षी चर्चामा छन्। अधिवेशनबाट अध्यक्ष र पाँचजना पदाधिकारीसहित दुई सय १५ जना सदस्य चयन हुनेछन्।