मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० असोज ८ सोमबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेमिकाको हत्या आरोपित प्रतिवादी ६ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
२०८० असोज ८ सोमबार १७:०५:००

प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साबिक काचन गाविस– ६)का ३५ वर्षीय अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका– ५ की ३२ वर्षीया ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि पक्राउ गरिएको हो।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी मिझारलाई यही असोज ५ गते सप्तरी काचन बोदेबर्साइन नगरपालिका– ८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौं आएको परिवारले जानकारी दिए। धादिङको धुनीबेँसी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अँधेरीखोलामा २०७४ असोज १२ गते साँझ बेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो। उनले लगाएको कपडा चप्पल हेरी उनका भाइले मृतक ललितालाई पहिचान गरेको हो,’ एसपी मिश्रले भने।

मृतक ललिता पेसाले स्टाफ नर्स थिइन्। अनुसन्धानबाट मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका र उनीहरूबीचको सम्बन्धबाट ललिता गर्भवती रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूबीचको असमझदारीका कारण नै मिझारले हत्या गरेको पुष्टि भएको एसपी मिश्रले बताए।

कानुनबाट बच्न मिझार मलेसिया, दुबई, भारतलगायतका मुलुकहरूमा लुकिछिपी बस्दै आएका प्रहरीले जनाएको छ। ‘हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो,’ एसपी मिश्रले भने।

उनलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।